काठमाडौं– आईसीसी यू–१९ विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले न्यूजिल्याण्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ। न्यूजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ।
८ वर्षपछि १९ वर्ष मुनिको विश्वकप खेल्न लागेको नेपाल न्यूजिल्याण्डविरुद्धको अपराजित यात्रालाई कायम गर्ने लक्ष्यका साथ मैदान उत्रिदैछ। यू–१९ विश्वकपमा यसअघि न्यूजिल्याण्डविरुद्ध २ पटक खेलेको नेपालले दुवै खेलमा जित निकालेको छ। नेपालले सन् २००६ मा भएको विश्वकपमा १ विकेटले र सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले न्यूजिल्याण्डलाई हराएको थियो।
नेपाल सन् २०१६ पछि विश्वकप खेल्न लागेको हो। सन् २०१६ को विश्वकपमा नेपालले क्वार्टरफाइनल सम्मको यात्रा तय गरे पनि अन्तिम ८ को खेलमा बंगलादेशसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो।
यो विश्वकपमा भने नेपाल समूह ‘डी’मा छ। यो समूहमा नेपालसहित न्यूजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन्। हरेक समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन्।
विश्वकप अगाडि नेपालले ४ वटा अभ्यास खेल खेलेको थियो। नेपालले स्कटल्याण्ड र नामिबियालाई हराएको थियो भने वेस्ट इन्डिजसँगको खेल वर्षाका कारण रद्द भएको थियो।
आइतबारको खेलमा नेपालले दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, विशाल विक्रम केसी र विपीन रावललाई बेञ्चमा राखेको छ।
नेपालको प्लेइङ ११:
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दिपेश प्रसाद कंडेल, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, तिलक राज भण्डारी, आकाश चन्द, दिपक बोहोरा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।