काठमाडौं– यू–१९ विश्वकपका लागि दक्षिण अफ्रिकामा रहेको नेपाली अण्डर नाइन्टिन टोलीले आज दोस्रो औपचारिक अभ्यास खेल खेल्दैछ।
नेपालले वेस्टइन्डिजविरुद्ध टस जित्दै पहिले फिल्डिङ रोजेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
यसअअघि पहिलो औपचारिक खेलमा स्कटल्याण्डलाई नेपालले पराजित गरेको थियो। साथै स्कटल्याण्ड र नामिबियासँग भएका दुई अनौपचारिक अभ्यास खेल पनि नेपालले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।