काठमाडौं– प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका छन्।
मधेश प्रदेशविरुद्ध ब्याटिङ गरिरहेको आर्मीका भण्डारीले ११३ रन बनाए। छैटौं विकेटका रुपमा पेभेलियन फर्किएका भण्डारीले ९३ बलको सामना गर्दै ९ चौका र ६ छक्का प्रहार गरे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीका लागि चौथो क्रममा आएका विनोदले ८९ बलमा शतक पूरा गरेका थिए। ४३ ओभरको पाँचौं बलमा उनलाई मधेस प्रदेशका रञ्जित कुमारले राजेश यादवबाट क्याचआउट गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।