• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

यू १९ विश्वकप : नेपाली चार खेलाडी, जसले उल्टाउन सक्छन् नतिजा

64x64
नेपाल लाइभ आइतबार, पुस २९, २०८०  २०:४०
1140x725

काठमाडौं– दक्षिण अफ्रिकामा जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामै तयारीमा व्यस्त छ। नेपालले दक्षिण अफ्रिकामा तीनवटा अभ्यास खेलसमेत खेलिसकेको छ। सवै खेल जितेर नेपाल उच्च मनोबल बोकेर मैदानमा उत्रने तयारीमा छ नेपाली टिम।

माघ ५ गतेदेखि सुरु हुने उक्त प्रतियोगितामा नेपालले आफूलाई टेस्ट खेल्ने देशहरुभन्दा कम नभएको प्रमाणित गर्नुपर्ने छ। यही कारण नेपालले राम्रो तयारी पनि गरिरहेको छ।

विश्वकपअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले विश्वकपमा प्रभाव पार्न सक्ने चार जना नेपाली खेलाडीको नाम पनि उल्लेख गरेको छ। आईसीसीको दृष्टिमा प्रभाव पार्नसक्ने खेलाडीहरूमा कप्तान देव खनाल, गुलशन झा, अर्जुन कुमाल र दुर्गेश गुप्ता रहेका छन्। आसन्न विश्वकपमा नेपालका यी चार खेलाडीले प्रभाव छाड्न सक्ने आईसीसीले विश्लेषण गरेको हो। 

कप्तान देव खनाल 
कप्तान देवले नेपाली सिनियर टोलीबाटसमेत १० वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसक्केका छन्। उनी एक दिवसीयमा दुई सय ५३ रन जोड्दै एकै खेलमा सर्वाधिक ७२ रन बनाएका खेलाडी हुन्। त्यस्तै विश्वकप छनोटमा उनले लगातार शतक प्रहार गरेर रेकर्ड पनि बनाएका छन्। लामा सर्ट खेल्न सक्ने र विपक्षी बलरमाथि हावी हुनसक्ने आक्रामक खेल शैलीका कारण खनाल कुनै पनि टोलीमाथि हावी हुनसक्छन्।

तर पछिल्ला खेलहरुमा उनले लय लिन सकेका छैनन्। उनले लय लिएको अवस्थामा नेपाली यू–१९ टोलीले टेस्ट राष्ट्रहरुलाई पनि हराउन सक्ने छ। उनीसँग सिनियर टोलीसँग खेलेको अनुभव पनि भएकाले दबाबमा पनि सम्हालिएर ब्याटिङ गर्न सक्ने क्षमता खनालसँग छ। यो कुरा उनले नेपालले छनोट चरणमा सबै खेल जितेर उपाधि जितेर विश्वकपसम्म पुग्दा देखाएका छन्। त्यस्तै उनी कप्तानको रुपमा सफल र प्रभावकारी भूमिका निभाउँदै आएका छन्।

अलराउन्डर गुल्सन झा 
गुलशनले नेपालका लागि २४ एक दिवसीय अन्तर्राष्ट्रिय र १४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले एक दिवसीयमा २१ विकेट लिनुका साथै चार सय ८८ रन बनाएका छन्। तीन अर्धशतक पूरा गरेका उनले एकै खेलमा सर्वाधिक ६७ रन बनाएका छन्। उनले टी–२० मा १२ विकेट लिनुका सार्थ एक सय ४१ रन बनाएका छन्। टी–२० मा उनले एकै खेलमा सर्वाधिक ५४ रन बनाएका छन्।

नेपालले एक दशकपछि टी–२० विश्वकपमा स्थान बनाउँदा गुल्सन झा ‘बेस्ट नेपाली प्लेअर’ बनेका थिए। घरेलु मैदानमा भएको एसिया छनोटमा यूएईलाई हराएर फाइनलमा पुगेसँगै नेपालले विश्वकपमा स्थान बनाएको थियो।

प्रतियोगितामा अलराउण्ड प्रदर्शन गरेका गुल्सन नेपाली खेलाडीहरुमाझ उत्कृष्ट घोषित भए। मिडल ओभरमा कसिलो बलिङ गर्दै विकेट लिने, अनि टिमलाई चाहिएको बेला जुनसुकै पोजिसनमा गएर ब्याटिङ गर्ने उनले आफू पर्फेक्ट अलराउण्डको छनक दिइरहेका  छन्।

Ncell 2
Ncell 2
nimb
nimb

१७ वर्षका गुल्सनले पहिलो पटक २०७७ मा भएको मेयर्स कपमा सबैको ध्यान तानेका थिए। नेपाल पुलिस क्लबबाट खेलेका उनले फाइनलमा सशस्त्र प्रहरीविरुद्ध लोभलाग्दो बलिङ गर्दै नेपालका तत्कालीन प्रशिक्षकको ध्यान आफूतिर तानेका थिए।  राष्ट्रिय टिममा परेपछि पछाडि फर्किएर हेर्नु परेको छैन। नेपाली टोलीले पछिल्लो एक वर्षमा पाएको अभूतपूर्व सफलतामा अभिन्न अंग बने। लिग टुमा पछिल्ला १२ मध्ये ११ खेलमा जित, एसिया कपमा भारत र पाकिस्तान जस्ता बलिया टोलीसँग सम्मानजनक प्रदर्शनमा उनले पनि योगदान दिएका थिए।

यू–१९ को अभ्यास खेलमा पनि उनले एक शतक र केही विकेट लिँदै त्यसको छनक दिएका छन्। 

अर्जुन कुमाल  
अर्का ओपनर अर्जुनले यू–१९ अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। एसीसी एसिया कपमा उनले अफगानिस्तानविरुद्ध ९१ रन बनाएका थिए। विश्वकपअघि शनिबार स्कटल्यान्डविरुद्धको अभ्यास खेलमा पनि ३३ रन बनाएका छन्।

यो वर्ष नेपालले एसीसी मेन्स अन्डर नाइन्टीन प्रिमियर कपको उपाधि जित्दा र विश्वकपमा छनोट हुँदा उनको प्रदर्शन महत्त्वपूर्ण रह्यो। दुवै प्रतियोगितामा अर्जुनले शतक प्रहार गरेका थिए।

Xtrem

Xtrem

अर्जुन, तीन वर्षअघि भएको प्रधानमन्त्री कपबाट उदाएका खेलाडी हुन्। गण्डकी प्रदेशबाट घरेलु प्रतियोगिता खेल्ने उनी अन्डर सिक्सटीन हुँदै अन्डर नाइन्टीन टिममा आए। नेपाल आठ वर्षपछि विश्वकपमा फर्किँदा अर्जुनको प्रदर्शन तारिफ योग्य रह्यो।

उनले कुबेतसँग १ सय ८ र प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १ सय ४२ रनको इनिङ्स खेलेका थिए। अर्जुनलाई नेपाली क्रिकेटको भविष्यको रूपमा हेरिन्छ। उनले प्रहार गर्ने सटले पूर्वकप्तान पारस खड्काको झल्को पनि दिन्छ। त्यसैले धेरैले अर्जुनलाई पारससँग तुलना पनि गर्छन्।

दुर्गेश गुप्ता
फास्ट बलर दुर्गेशले घरेलु प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्दै आएका छन्। उनी एशिया कपमा टोलीमा परे पनि खेल्न पाएनन्। तर नेपाली तिव्र गतिका एक बलर हेमन्त धामी घाइते भएपछि उनले मौका पाएका छन्।

घरेलु खेलमा निकै राम्रो प्रदर्शन गरेका कारण उनी वाच लिस्टमा छन्। उनी नेपाली टिममा बलिङको उदाउँदो स्टारको रुपमा पनि हेरिएको छ। यू–१९ विश्वकपमा नेपालको प्रदर्शन विगतमा पनि राम्रो भएको थियो। नेपालले न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, जिम्बावे, बङ्गलादेश र आयरल्यान्डजस्ता टोलीलाई हराएको थियो।

यसपटक पनि नेपाली टोलीबाट राम्रो आशा गरिएको छ। विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन्। नेपालले जनवरी २१ मा न्यूजिल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। नेपालले दोस्रो खेल जनवरी २४ मा पाकिस्तान र अन्तिम खेल २६ तारिखअफगानिस्तानसँग खेल्नेछ।

सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। यस्तै समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका, समूह ‘बी’मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन्।

समूहमा शीर्ष दुई टोली अर्को चरण (सुपर आठ) मा पुग्नेछन्। नेपाली टोलीको प्रशिक्षकको भूमिका जगत टमटाले निभाउँदै आएका छन्। 

नेपाली यू–१९ टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, दीपक बोहोरा, तिलकराज भण्डारी र आकाश चन्द।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक
सम्बन्धित सामग्री
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक भारतले आफ्नो ५२ वर्ष लामो एकदिवसीय क्रिकेट इतिहासमा पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पछ्याएको छ। गुवाहाटीमा बुधबार भएक... बुधबार, असोज १४, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार समूह ‘ए’ को अन्तिम खेलमा जापानलाई नेपालले  निर... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, असोज १५, २०८३
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्