काठमाडौं– आईसीसी यू-१९ विश्वकप क्रिकेटअघि नेपालले आज पहिलो औपचारिक अभ्यास खेल स्कटल्याण्डसँग खेल्दैछ।
दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि स्कटल्याण्डसँग खेल्न लागेको हो।
यस्तै औपचारिक अभ्यास खेल अन्तर्गत नै आज नामिबिया र अमेरिका, दक्षिण अफ्रिका र पाकिस्तान तथा अस्ट्रेलिया र भारत खेल्नेछन्।
यसअघि नेपालले अनौपचारिक अभ्यास खेलमा सोमबार स्कटल्याण्ड र बिहीबार नामिबियालाई पराजित गरेको थियो। स्कटल्याण्डलाई १३५ रनको फराकिलो हार खुवाएको थियो भने नामिबियालाई ६ रनले हराएको थियो।
आईसीसीले विश्व कपअघि हरेक टोलीलाई दुई–दुई वटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ। नेपालले दोस्रो अभ्यास खेल मङ्गलबार वेस्ट इन्डिजसँग खेल्नेछ। १९ वर्षमुनिको विश्व कप आउँदो माघ ५ गतेदेखि सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।