काठमाडौं- एसीसी प्रिमियर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता ओमानमा हुने तय भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले प्रिमियर कप आगामी अप्रिलमा ओमानमा हुने भएको जनाएको छ। एसीसीले आफ्नो क्यालेन्डरमा प्रतियोगिताको तालिका सर्वाजनिक गरेको हो।
प्रतियोगिता अप्रिल १० देखि २३ सम्म ओमानमा हुनेछ। एसीसी प्रिमियर कप टी–ट्वान्टी विश्वकपअघि हुनेछ। नेपालले यो पटक पनि भारत, श्रीलंका र पाकिस्तान जस्ता ठूला टिमहरुसँग खेल्ने अवसर छ।
एसीसी कप प्रतियोगिता विजेताले एसिया कप खेल्नेछ। एसिसी प्रिमियर कपमा नेपाल सहित बहराइन, हङकङ, कुवेत, मलेसिया, ओमान, कतार, यूएई र छनोटबाट आउने दुई टोली हुनेछन्।
त्यस्तै डिसेम्बरमा यू–१९ एसिया कप हुने भएको छ। जसमा नेपालले पनि भाग लिनेछ।
त्यस्तै एसीसी महिल प्रिमियर कप पनि फेब्रुअरीदेखि मलेसियामा हुने भएको छ। जसमा नेपालले बहराइन, कुवेत, हङकङ, जापान जस्ता टिमसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।