काठमाठौं- आगामी जुन महिनामा हुने टी-२० क्रिकेट विश्वकपमा नेपाल समूह 'डी' मा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले अझै सार्वजनिक नगरेपनि भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले द गार्डियनको हवाला दिँदै समूह विभाजन गरिएको दाबी गरेको छ।
जसअनुसार नेपाल समूह चरणमा साउथ अफ्रिका, श्रीलंका, बांग्लादेश र नेदरल्यान्ड्ससँग प्रतिष्पर्धा गर्नेछ। यसैगरी समूह ए मा भारत, पाकिस्तान, आयरल्यान्ड, अमेरिका र कनाडा छन्। समूह बी मा इंग्ल्यान्ड, अस्ट्रेलिया, स्कटल्यान्ड, नामिबिया र ओमान सामेल छन्। यसैगरी समूह सी मा वेस्टइन्डिज, न्युजिल्यान्ड, अफगानिस्तान, पपुवान्युगिनी र युगान्डा रहेका छन्।
टी-२० वर्ल्डकप यस वर्ष जुन ४ देखि ३० सम्म वेस्टइन्डिज र अमेरिकामा हुनेछ। खेल गएका टी २० भन्दा नयाँ फर्म्याटमा खेलाइने बताइएको छ।
यसपछि क्वालिफाइङ राउन्ड र सुपर १२ स्टेज नहुने भएका हुन्। ५-५ टिमका चार समूहबाट टप २ लाई सुपर ८ मा पुर्याइनेछ। सुपर ८ बाट फेरि चार-चार टिममा विभाजन गरिनेछ र त्यसका शिर्ष २-२ टोली सेमिफाइनलमा पुग्नेछन्। एक फाइनल, दुई सेमिफाइनल ५२ समूह चरण गरी २७ दिनमा करिब ५५ खेल खेलाइनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।