काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो २०२४ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
तालिका अनुसार नेपालले आईसीसी विश्वकप लिग–२, टी–२० आई सिरिज र ओडीआई सिरिजहरु खेल्ने छ। सिरिजमा नेपालसँगै महिला क्रिकेट, उमेर समूह र प्रथम श्रेणी जस्ता अन्तर्राष्ट्रिय खेलहरु छन्।
नेपालले फेब्रुअरी १० देखि १४ सम्म क्यानडासँग तीन खेलको ओडीआई सिरिज खेल्नेछ। त्यस्तै नेपालले २७ फेब्रुअरी ५ मार्च सम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच त्रिवि मैदानमा त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ। १९ मार्च देखी ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’ सँग ५ एकदिवसीय र तीन टी–२० खेल खेल्ने छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।