• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

प्रधानमन्त्री कप महिला क्रिकेटमा कोशी लगातार तेस्रो पटक असफल, ज्योतिको सन्यास

64x64
नेपाल लाइभ बुधबार, पुस १८, २०८०  २०:४७
1140x725

काठमाडौं– कोशी प्रदेश बुधबार एपिएफसँग पराजित भएपछि लगातार तेस्रोपटक प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न असफल भएको छ।

कोशीले बुधबार सम्पन्न फाइनलमा एपिएफसँग ११ रनको हार व्यहोरेपछि लगातार तेस्रो पटक उपाधि भिडन्तमा असफलताको सामना गर्नुपरेको हो। कप्तान रुविना क्षेत्रीको अर्धशतक र अप्सरी बेगमले ह्याट्रिक विकेट लिए पनि कोशीको हार टरेन। २०७७ सालमा पहिलोपटक यो प्रतियोगिताको उपाधि उचालेको कोशोले त्यसपछिका तीन वटा फाइनल खेले पनि उपाधिविहीन बन्नुपर्‍यो। 

यता, एपिएफले भने हालसम्म ८ वटा फाइनल खेल्दा ६ पटक उपाधिमा आफ्नो नाम लेखायो। राष्ट्रिय टोलीका र अनुभवी खेलाडीले भरिएको एपिएफ बुधबार पनि कोशी प्रदेशमाथि जित निकाल्दै एक मात्र अपराजित टोलीका रूपमा उपाधि उचाल्न सफल भयो।

उपाधिसँगै एपिएफले पाँच लाख रुपैयाँ पाउँदा उपविजेता कोसीले तीन लाख रुपैयाँमा चित्त बुझायो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एपिएफले दिएको एक सय १५ रनको लक्ष्य कोशीले धैर्यतापूर्वक ब्याटिङ गरे पनि जित निकाल्न सकेन।

कोशीले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि चार विकेटको क्षतिमा एक सय ३ रन मात्र बनाउन सक्यो। कोसीकी कप्तान रुविना क्षेत्रीले ६२ रनको अर्धशतकीय योगदान दिएपनि जित दिलाउन भने सकिनन्। उनले ५८ बलमा सात चौका र एक छक्का हिर्काइन्।

काजल श्रेष्ठले २९ बल खेल्दा एक मात्र चौकासहित २२ रन बनाइन्। रुविना र काजलले दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे। आशा गरिएका ब्याटर तथा ओपनर अप्सरी बेगम र लकिता राजवंशी लामो समयमा क्रिज रहे पनि रन जोड्न असफल हुँदा एपिएफका लागि जित सहज बन्यो।

अप्सरी २० बल खेल्दा ८ रनमा रनआउट भइन् भने लकिताले १० बलमा ६ रन मात्र जोडिन्। एपिएफका लागि करुणा भण्डारी र कप्तान सीता रानामगरले समान एक विकेट लिए। एपिएफले कोशीको थप दुई विकेट रनआउटका रूपमा पाएको हो।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १४ रन जोडेको थियो। एपिएफकी इन्दु बर्माले सर्वाधिक ५३ रनको योगदान गरिन्। ४७ बलमा ६ चौका र एक छक्का प्रहार गरिन्। उनी म्यान अफ दी म्याचसमेत भइन्। ओपनर ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रनबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेन।

Ncell 2
Ncell 2
nimb
nimb

यद्यपि, बलिङमा साथ पाएपछि एपिएफले मध्यम लक्ष्य पनि रक्षा गर्‍यो। कोशीको बलिङमा अप्सरीले चार ओभरमा रन २१ खर्चिदै तीन विकेट लिइन्।

उनले डेथ ओभरको पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थपा र तेस्रो बलमा सोनु खड्कालाई आउट गर्दै ह्याट्रिक पूरा गरिन्। एलिशा खडियाले दुई तथा रुविना क्षेत्री र निशा शाहले समान एक विकेट लिए। कोशीकी मध्यम गतिकी बलर सबनम राईले तीन ओभरमा १४ रन मात्र दिएपनि विकेटविहीन भइन्। प्रतियोगितामा कोशीकी कप्तान रुविना क्षेत्री प्लेयर अफ दी सिरिज घोषित भइन् । त्यसबापत उनले स्कुटर प्राप्त गरिन्। उदीयमान खेलाडी गण्डकीकी जोत्स्निका मरासिनी, उत्कृष्ट बलर मधेसकी पूजा महतो र उत्कृष्ट ब्याटर गण्डकीकै सुमन खतिवडा घोषित भए।

उत्कृष्ट बलर र ब्याटरले समान ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। उदीयमान खेलाडीले भने क्रिकेट सामग्री पाइन्। पहिलोपटक राउण्ड रोविनका आधारमा भएको प्रतियोगितामा एक विभाग र सात प्रदेशका टोलीले प्रतिष्पर्धा गरेका थिए।

ज्योतिद्वारा सन्यास घोषणा
नेपाली राष्ट्रिय क्रिकेट टोलीकी पूर्वसदस्य ज्योति पाण्डेले प्रतियोगिता समापनसँगै सन्यास घोषणा गरेकी छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राष्ट्रिय टोलीबाट खेलेर सन्यास घोषणा गर्ने योजना भए पनि सम्भव नभएपछि पछिल्लो १२ वर्षदेखि खेल्दै आएको एपिएफ क्लबले उपाधि जितेपछि क्रिकेटबाट बिदा लिएकी छिन्। यो खेल आफ्नो क्रिकेट करियरकै अन्तिम भएकाले आजको खेल सुरु हुनुभन्दा अगाडिदेखि केही कठिन रहेको बताइन्। आफ्नै बुबा क्रिकेट प्रशिक्षक भएकाले पनि क्रिकेट खेल्न शुरु गरेको उल्लेख गर्दै ज्योतिले विश्वकप खेल्न नपाउनु अपुरो सपना रहेको बताएकी छिन्।

करिब १५ वर्ष क्रिकेटमा बिताएकाले क्रिकेट छोड्न कठिन भएको उनले उल्लेख गरिन्।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित लुम्बिनीको जितम सर्टले सर्वाधिक ४० रन बनाए। १८ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे। आशिफले भने ३२ रन बनाए। उनले २५ बलमा २ चौक... सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : किशोर र शेरको घातक बलिङ, सुदूरपश्चिम ८७ रनमै अलआउट कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ दशमलव २ ओभरमा ८७ रनमै अलआउट भयो। स... सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : सुदूरपश्चिमको ब्याटिङ ध्वस्त, १० ओभरमै ७ विकेट पतन २४ रन बनाउँदा पहिलो विकेट गुमाएको सुदूरपश्चिम त्यसपछि लगातार विकेट पतनको दबाबमा परेको हो। सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्