• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

प्रधानमन्त्री कप महिला क्रिकेटमा कोशी लगातार तेस्रो पटक असफल, ज्योतिको सन्यास

64x64
नेपाल लाइभ बुधबार, पुस १८, २०८०  २०:४७
1140x725

काठमाडौं– कोशी प्रदेश बुधबार एपिएफसँग पराजित भएपछि लगातार तेस्रोपटक प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न असफल भएको छ।

कोशीले बुधबार सम्पन्न फाइनलमा एपिएफसँग ११ रनको हार व्यहोरेपछि लगातार तेस्रो पटक उपाधि भिडन्तमा असफलताको सामना गर्नुपरेको हो। कप्तान रुविना क्षेत्रीको अर्धशतक र अप्सरी बेगमले ह्याट्रिक विकेट लिए पनि कोशीको हार टरेन। २०७७ सालमा पहिलोपटक यो प्रतियोगिताको उपाधि उचालेको कोशोले त्यसपछिका तीन वटा फाइनल खेले पनि उपाधिविहीन बन्नुपर्‍यो। 

यता, एपिएफले भने हालसम्म ८ वटा फाइनल खेल्दा ६ पटक उपाधिमा आफ्नो नाम लेखायो। राष्ट्रिय टोलीका र अनुभवी खेलाडीले भरिएको एपिएफ बुधबार पनि कोशी प्रदेशमाथि जित निकाल्दै एक मात्र अपराजित टोलीका रूपमा उपाधि उचाल्न सफल भयो।

उपाधिसँगै एपिएफले पाँच लाख रुपैयाँ पाउँदा उपविजेता कोसीले तीन लाख रुपैयाँमा चित्त बुझायो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एपिएफले दिएको एक सय १५ रनको लक्ष्य कोशीले धैर्यतापूर्वक ब्याटिङ गरे पनि जित निकाल्न सकेन।

कोशीले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि चार विकेटको क्षतिमा एक सय ३ रन मात्र बनाउन सक्यो। कोसीकी कप्तान रुविना क्षेत्रीले ६२ रनको अर्धशतकीय योगदान दिएपनि जित दिलाउन भने सकिनन्। उनले ५८ बलमा सात चौका र एक छक्का हिर्काइन्।

काजल श्रेष्ठले २९ बल खेल्दा एक मात्र चौकासहित २२ रन बनाइन्। रुविना र काजलले दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे। आशा गरिएका ब्याटर तथा ओपनर अप्सरी बेगम र लकिता राजवंशी लामो समयमा क्रिज रहे पनि रन जोड्न असफल हुँदा एपिएफका लागि जित सहज बन्यो।

अप्सरी २० बल खेल्दा ८ रनमा रनआउट भइन् भने लकिताले १० बलमा ६ रन मात्र जोडिन्। एपिएफका लागि करुणा भण्डारी र कप्तान सीता रानामगरले समान एक विकेट लिए। एपिएफले कोशीको थप दुई विकेट रनआउटका रूपमा पाएको हो।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १४ रन जोडेको थियो। एपिएफकी इन्दु बर्माले सर्वाधिक ५३ रनको योगदान गरिन्। ४७ बलमा ६ चौका र एक छक्का प्रहार गरिन्। उनी म्यान अफ दी म्याचसमेत भइन्। ओपनर ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रनबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेन।

Ncell 2
Ncell 2
nimb
nimb

यद्यपि, बलिङमा साथ पाएपछि एपिएफले मध्यम लक्ष्य पनि रक्षा गर्‍यो। कोशीको बलिङमा अप्सरीले चार ओभरमा रन २१ खर्चिदै तीन विकेट लिइन्।

उनले डेथ ओभरको पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थपा र तेस्रो बलमा सोनु खड्कालाई आउट गर्दै ह्याट्रिक पूरा गरिन्। एलिशा खडियाले दुई तथा रुविना क्षेत्री र निशा शाहले समान एक विकेट लिए। कोशीकी मध्यम गतिकी बलर सबनम राईले तीन ओभरमा १४ रन मात्र दिएपनि विकेटविहीन भइन्। प्रतियोगितामा कोशीकी कप्तान रुविना क्षेत्री प्लेयर अफ दी सिरिज घोषित भइन् । त्यसबापत उनले स्कुटर प्राप्त गरिन्। उदीयमान खेलाडी गण्डकीकी जोत्स्निका मरासिनी, उत्कृष्ट बलर मधेसकी पूजा महतो र उत्कृष्ट ब्याटर गण्डकीकै सुमन खतिवडा घोषित भए।

उत्कृष्ट बलर र ब्याटरले समान ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। उदीयमान खेलाडीले भने क्रिकेट सामग्री पाइन्। पहिलोपटक राउण्ड रोविनका आधारमा भएको प्रतियोगितामा एक विभाग र सात प्रदेशका टोलीले प्रतिष्पर्धा गरेका थिए।

ज्योतिद्वारा सन्यास घोषणा
नेपाली राष्ट्रिय क्रिकेट टोलीकी पूर्वसदस्य ज्योति पाण्डेले प्रतियोगिता समापनसँगै सन्यास घोषणा गरेकी छन्।

Xtrem

Xtrem

राष्ट्रिय टोलीबाट खेलेर सन्यास घोषणा गर्ने योजना भए पनि सम्भव नभएपछि पछिल्लो १२ वर्षदेखि खेल्दै आएको एपिएफ क्लबले उपाधि जितेपछि क्रिकेटबाट बिदा लिएकी छिन्। यो खेल आफ्नो क्रिकेट करियरकै अन्तिम भएकाले आजको खेल सुरु हुनुभन्दा अगाडिदेखि केही कठिन रहेको बताइन्। आफ्नै बुबा क्रिकेट प्रशिक्षक भएकाले पनि क्रिकेट खेल्न शुरु गरेको उल्लेख गर्दै ज्योतिले विश्वकप खेल्न नपाउनु अपुरो सपना रहेको बताएकी छिन्।

करिब १५ वर्ष क्रिकेटमा बिताएकाले क्रिकेट छोड्न कठिन भएको उनले उल्लेख गरिन्।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण
सम्बन्धित सामग्री
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक भारतले आफ्नो ५२ वर्ष लामो एकदिवसीय क्रिकेट इतिहासमा पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पछ्याएको छ। गुवाहाटीमा बुधबार भएक... बुधबार, असोज १४, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार समूह ‘ए’ को अन्तिम खेलमा जापानलाई नेपालले  निर... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्