काठमाडौं– सरकारले ४ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एउटा भारतीयसहित ४ कम्पनीलाई कालो सूचीमा राखेको हो।
विभिन्न आयोजनाको ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीहरूलाई २ देखि ३ वर्षसम्मका लागि कालो सूचीमा राखिएको हो।
काली सूचीमा पर्नेमध्ये ३ वटा निर्माण कम्पनीद्ये पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अलपत्र पारेको जनाइएको छ। मध्यपहाडी लोकमार्ग अलपत्र पारेको भन्दै सुर्खेतको एमपी/एससीएफ/ईसीसी जेभीअन्तर्गतका ठेकेदार कम्पनीहरु भारतको पश्चिम बंगालको एमपी सितानी एन्ड सन्स, सुर्खेतकै सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सनलाई ३ वर्षका लागि कालो सूचीमा राखिएको छ।
यस्तै, पोखरा महानगरपालिकाको सिफारिसमा मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रालिलाई २ वर्षका लागि कालो सूचीमा राखिएको छ।
ती निर्माण कम्पनीहरूले विभिन्न आयोजनाको ठेक्का लिएर पटक-पटक म्याद थप हुँदासमेत काम नगरेपछि कालो सूचीमा राखिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।