काठमाडौं- एसीसी-१९ एसियाकपको आज फाइनल खेल हुँदैछ। एसिया कप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली यूएई र बङ्लादेश खेल्दैछन्।
खेल दुबईमा बिहान सवा ११ बजे सुरु हुनेछ। शुक्रबार भएको दुई सेमिफाइनल खेलमा पाकिस्तानलाई हराउँदै यूएई फाइनलमा पुगेको थियो।
पहिलोपटक टेस्ट राष्ट्रलाई सेमिफाइनलमा यूएईले पराजित गरेको थियो। सेमिफाइनलमा पाकिस्तान यूएईसँग ११ रनले पराजित भएको थियो।
यस्तै अर्को सेमिफाइनलमा बंगलादेशले उपाधि दाबेदार मानिएको भारतलाई चार विकेटले पराजित गरेको थियो। यू–१९ एसिया कपमा पहिलोपटक एसोसियट राष्ट्रले फाइनल खेल खेल्दैछ।
प्रतियोगितामा नेपाल पनि सहभागी थियो। तर समूह चरणका तीनै खेलमा पराजित हुँदै नेपाल बाहिरिएको थियो। नेपालले पहिलो खेल पाकिस्तान, दोस्रो अफगानिस्तान र तेस्रो तथा समूह चरणको अन्तिम खेल भारतसँग १० विकेटले पराजित हुँदै बाहिरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।