एजेन्सी– श्रीलंका क्रिकेट बोर्डले हालै बर्खास्त गरिएका सदस्यहरूको पुनर्बहाली गरेको एक दिनपछि बुधबार नयाँ छनोटकर्ताहरूलाई नियुक्त गरेको छ। बोर्डले पूर्वअन्तर्राष्ट्रिय खेलाडी उपुल थरङ्गालाई दुई वर्षका लागि पाँच सदस्यीय छनोट समितिको प्रमुखमा नियुक्त गरेको छ।
श्रीलंका क्रिकेट बोर्डले एक विज्ञप्तिमा भनेको छ, ‘छनोटकर्ताहरूको पहिलो काम आगामी महिना जिम्बाब्वेविरुद्ध छ खेलको सेतो बलको शृङ्खलाका लागि टिम छनोट गर्नुहुनेछ।’ छनोट समितिका अन्य सदस्यमा पूर्वक्रिकेटर अजन्था मेन्डिस, इन्डिका डि सरम, थरङ्गा परनाविताना र दिलरुवान परेरा रहेका छन्। उनीहरूले पूर्वखेलाडी प्रमोदय विक्रमासिङ्घेको अध्यक्षतामा रहेको प्यानलबाट जिम्मेवारी सम्हाल्ने छन्।
यसवर्ष भारतमा भएको एकदिवसीय विश्वकपमा श्रीलंकाको खराब प्रदर्शनका लागि विक्रमासिङ्घेको प्यानलको खराब छनोटलाई दोष दिइएको थियो। दिवालिया भएको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलंका क्रिकेट लामो समयदेखि भ्रष्टाचारको आरोपमा फसेको छ। यसको परिणाम गत महिना बोर्डको बर्खास्तका रूपमा भएको थियो।
बोर्ड बर्खास्त गर्ने कदमले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई अधिकारीहरूमाथि राजनीतिक हस्तक्षेपको आरोप लगाउँदै श्रीलंका क्रिकेटलाई निलम्बन गर्नका लागि प्रेरित गर्यो। मंगलबार खेलमन्त्री हरिन फर्नान्डोले निलम्बन समाप्त गर्नका लागि बर्खास्तलाई रद्द गरे। आईसीसीले अलिहेसम्म बोर्डको पुनर्बहालीका बारेमा कुनै प्रतिक्रिया दिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।