काठमाडौं- यू-१९ एसिया कप क्रिकेटको जारी खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ। तेस्रो विकेटको रुपमा ब्याटर अर्जुन कुमाल आराध्य शुक्लाको बलमा ७ रन बनाएर आउट भएका छन्।
यसअघि उत्तम मगर र दिपक बोहरालाई भारतका बलर राज लाम्बानीले आउट गरेका थिए। उत्तम शून्यमा र दीपक १ रन बनाउँदै बाहिरिएका हुन्। नेपालले ८ ओभर खेल्दै १७ रन बनाएको छ।
प्रतियोगितामा नेपालले भारत विरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। टस जितेको भारतले नेपाललाई ब्याटिङको निम्तो दिएको हो।
यसअघिका दुई खेल नेपालले गुमाइसकेको छ। नेपाल पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।