काठमाडौं- यू-१९ एसिया कप क्रिकेटमा मंगलबार नेपालले भारतको सामना गर्दैछ। नेपाल र भारतबीचको खेल बिहान सवा ११ बजे संयुक्त अरब इमिरेट्सको दुबईमा हुनेछ।
एसिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको छिनोफानो भइनसकेकोले आज हुने समूह चरणको अन्तिम खेल सबै टिमका लागि निकै महत्वपूर्ण छ।
अहिलेसम्म यो समूहका चारै वटा टिम सेमिफाइनल पुग्ने सम्भावना जीवित नै छ। यसअघि पाकिस्तान तथा अफगानिस्तानसँग पराजित भइसकेको छ। अंकका हिसाबले नेपाल यो समूहमा सबैभन्दा पुछारमा छ।
भारतले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो भने अर्को खेलमा पाकिस्तानसँग पराजित भएको थियो। यस्तै पाकिस्तान भने नेपाल र भारतलाई पराजित गरी सबैभन्दा अगाडि छ।
आज पाकिस्तानले अफगानिस्तानको सामना गर्दैछ। पाकिस्तानले सेमिफाइनलको यात्रा लगभग तय गरिसकेको छ। भारत र अफगानिस्तानले एक/एक खेल जित्दा नेपाल भने जितविहीन अवस्थामा छ। त्यसैले गणितीय हिसाबमा नेपाल सबैभन्दा कठिन अवस्थामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।