काठमाडौं– यूएईमा जारी यू १९ एसिया कपको दोस्रो खेलमा अफगानिस्तानविरुद्ध नेपालको तेस्रो विकेट पतन भएको छ।
तेस्रो विकेटका रुपमा नेपालले कप्तान देव खनाललाई गुमाएको हो। खनाल २४ रन बनाएर आउट भए। उनको विकेट अफगानिस्तानका खलिल अहमदले लिएका हुन्।
यसअघि नेपालले बिपीन रावल र दीपक बोहोरालाई गुमाएको थियो। २६२ रनको लक्ष्य पछ्याएको नेपालले यतिबेला १६ ओभरको समाप्तिमा तीन विकेट गुमाउँदै ६८ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।