काठमाडौं– यूएईमा जारी यू १९ एसिया कपको दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ९ विकेट गुमाउँदै २६१ रन बनाएको हो।
अफगानिस्तानका लागि जमसिद जद्रानले शानदार शतक प्रहार गरे। उनले १५२ बलको सामना गर्दै १०६ रन बनाएका हुन्।
यस्तै नुमन साहले ६०, वाफिउल्लाह तरखिल १५, रहिमुल्लाह जुरमतीले ३५, खलिल अहमद १३ तथा खालिद तनिवालले १० रन बनाए।
नेपालका लागि हेमन्त धामी, गुलशन झा र सुवाश भण्डारीले २/२ विकेट लिए भने आकाश चन्द र दीपेश कँडेलले एक/एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।