काठमाडौं- यू-१९ एसिया कप क्रिकेटअन्तर्गत अफगानिस्तान विरुद्धको खेलमा नेपालाई तेस्रो सफलता हात लागेको छ।
टस जितेर पहिले बलिङ गरिरहेको नेपालका लागि तीव्र गतिका बलर हेमन्त धामीले लगातार दुई विकेट लिएका हुन्। उनले खालिद तनिवाललाई गुलशन झाबाट क्याचआउट गराए भने अक्रम मोहम्मदजैलाई बोल्डआउट गरेका हुन्।
त्यसअघि गुलशनले पहिलो विकेट लिएका थिए। गुलशनले अफगानिस्तानका वफिउल्लाह तराखिललाई देव खनालबाट क्याचआउट गराए। ९ बलको सामना नगरेका वफिउल्लाह १५ रन बनाएर पेभेलियन फर्किए।
७ ओभरको खेलमा अफगानिस्तान तीन विकेटको क्षतिमा ३४ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।