काठमाडौं– यू–१९ एसिया कप क्रिकेटअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।
टस जितेर पहिले बलिङ गरिरहेको नेपालका लागि गुल्सन झाले पहिलो विकेट लिएका हुन्। गुल्सनले अफगानिस्तानका वफीउल्लाह तराखिललाई देव खनालबाट क्याचआउट गराए। ९ बलको सामना नगरेका वफीउल्लाह १५ रन बनाएर पेभेलियन फर्किए।
अफगानिस्तानविरुद्धको खेलमा नेपालको प्लेइङ ११ मा दुई परिवर्तन गरिएको छ।
पाकिस्तानबिरुद्ध खेलेका तिलकराज भण्डारी र विशाल विक्रम केसीलाई आज बेन्चमा राखिएको छ। उनीहरुको ठाउँमा तीव्र गतिका बलर हेमन्त धामी र ब्याटिङ अलराउन्डर दीपक बोहरालाई मौका दिइएको हो।
नेपालका लागि अफगानिस्तानविरुद्धको खेल लगभग निर्णायक हो। मिफाइनल पुग्ने सम्भावना कायमै राख्न नेपालले आफगानिस्तानलाई हराउनैपर्ने दबाब छ।
पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित नेपाल अंकतालिकाको पुछारमा छ। अफगानिस्तानले भारतसँग ७ विकेटले हारेर नेपालसँग खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।