काठमाडौं– एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। नेपालको प्लेइङ ११ मा दुई परिवर्तन गरिएको छ।
पाकिस्तानबिरुद्ध खेलेका तिलकराज भण्डारी र विशाल विक्रम केसीलाई आज बेन्चमा राखिएको छ। उनीहरुको ठाउँमा तीव्र गतिका बलर हेमन्त धामी र ब्याटिङ अलराउन्डर दीपक बोहरालाई मौका दिइएको हो।
नेपालका लागि अफगानिस्तानविरुद्धको खेल लगभग निर्णायक हो। मिफाइनल पुग्ने सम्भावना कायमै राख्न नेपालले आफगानिस्तानलाई हराउनैपर्ने दबाब छ।
पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित नेपाल अंकतालिकाको पुछारमा छ। अफगानिस्तानले भारतसँग ७ विकेटले हारेर नेपालसँग खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।