काठमाडौं– यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गरिरहेको छ। संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईस्थित आईसीसी एकेडेमीको ओभल २ मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले कमजोर प्रदर्शन गरेको छ।
नेपालले ५० रन पनि पुरा नगरी ५ विकेट गुमाइसकेको छ। पाँचौं विकेटको रुपमा गुल्सन झा शून्य रनमा आउट भएका छन्। नेपालका अर्जुन कुमाल बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
चौथो विकेटको रुपमा अर्जुन कुमाल २१ रन बनाएर आउट भएका थिए। ३७ बलको सामना गरेका अर्जुनलले ३ चौका प्रहार गरेका थिए।
तेस्रो विकेटको रुपमा कप्तान देव खनाल शून्य रनमा आउट भएका थिए। १३ बल सामना गरेका खनालले एउटा पनि रन जोड्न सकेनन्। उनलाई पाकिस्तानी बलर मोहम्मद जीसानले अली असफन्दबाट क्याचआउट गराएका थिए।
त्यसअघि नेपालका ओपनिङ ब्याटर तिलक भण्डारी ७ रनमा आउट भएका थिए। यस्तै, आकाश त्रिपाठी ६ रनमा आउट भएका थिए।
पाकिस्तानका लागि मोहम्मद जीसानले २ तथा आमिर हुसैन, उवैद शाह र अलि अस्फनदले समान १–१ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।