काठमाडौं– यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानको सामना गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। तेस्रो विकेटको रुपमा कप्तान देव खनाल आउट भएका छन्।
१३ बल सामना गरेका खनालले एउटा पनि रन जोड्न सकेनन्। उनलाई पाकिस्तानी बलर मोहम्मद जीसानले अली असफन्दबाट क्याचआउट गराएका थिए।
यसअघि नेपालका ओपनिङ ब्याटर तिलक भण्डारी ७ रनमा आउट भएका थिए। यस्तै, आकाश त्रिपाठी ६ रनमा आउट भएका थिए।
पाकिस्तानका लागि आमिर हुसैन, उवैद शाह र मोहम्मद जीसानले १–१ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।