काठमाडौं– यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलअन्तर्गत नेपालले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। संयुक्त अरब ईमिरेट्स (यूएई)स्थित आईसीसी एकेडेमी ओभल २ मैदानमा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको हो।
पहिलो खेलमै बलियो टोली पाकिस्तानको सामना गरिरहेको नेपाल जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। पाकिस्तान पनि पहिलो खेलमा सहज जित निकाल्ने योजनाका साथ मैदान उत्रिनेछ।
नेपाल र पाकिस्तान दुवै टोलीमा सिनियर टोलीबाट खेलेका खेलाडी पनि छन्। नेपालको टोलीका कप्तान देव खनाल र अलराउन्डर गुल्सन झाले सिनियर टोलीबाट खेलिसकेका छन्।
पाकिस्तानका स्पिन अलराउन्डर अरफत मिन्हासले पनि सिनियर टोलीबाट खेलिसकेका छन्। उनले ३ वटा टी–२० आई खेलिसकेका छन्।
प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह बी मा यूएई, जापान, श्रीलंका र बंगलादेश छन्।
नेपालको प्लेइङ ११
देव खनाल (कप्तान, गुल्सन झा, विपिन रावल, दिपेश कडेँल, आकाश चन्द, विशाल विक्रम केसी, तिलक राजभण्डारी, दिपेक डुम्रे, अर्जुन कुमाल, हेमन्त धामी र उत्तम मगर।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।