प्रतिकात्मक तस्बिर
काठमाडौं– ललितपुरको एउटा निजी घरमा चलिरहेको जुवा खालमा छापा मारेर प्रहरीले जुवा खेल्ने र खेलाउने गरी १० जनालाई पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका–३ जावलाखेलको बागडोलस्थित बस्ना केसीको घरमा जुवा तथा कौडा खेल्ने गरिएको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट ४ लाख ९९ हजार ५०० रुपैयाँ नगद र १६ थान कौडा बरामद गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–८ घर भइ ललितपुरको चापागाउँ बस्ने ३८ वर्षीय समिर भनिने साधुराम कठायत, ललितपुरको महाकाल–८ घर भइ चापागाउँ नै बस्ने ३५ वर्षीय उमेश घिमिरे, ललितपुरको महाकाल–४ घर भइ ललितपुरको धापाखेल बस्ने ३४ वर्षीय राजेश तिमिल्सिना र सिन्धुपाल्चोकको लिखुशंकर गाउँपालिका–४ घर भइ ललितपुरको महालक्ष्मी–३ बस्ने ३५ वर्षीय बिशु तामाङ छन्।
प्रहरीद्वारा पक्राउ पर्ने अन्यमा ललितपुरको मंगलबजारका ३७ वर्षीय वीरेन्द्र स्थापित, मंगलबजारकै ४२ वर्षीय श्याम महर्जन, ३८ वर्षीय शैलेश महर्जन र ज्वागल घर भएका ३९ वर्षीय राजिब डंगोल छन्।
यस्तै, ललितपुरको बागमती गाउँपालिका–६ घर भइ ललितपुरको चापागाउँ बस्ने ४५ वर्षीय प्रदीप कुमार लामा र मकवानपुरको थाहा नगरपालिका–१२ घर भइ ललितपुरको बागडोल बस्ने ४९ वर्षीय सोमनाथ गोलेलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुमाथि विस्तृत् अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।