काठमाडौं– संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ ‘युनाइटेड नेशन्स डिसइङ्गेजमेन्ट ओबजर्भर फोर्स’ (यूएनडीओएफ)अन्तर्गत सिरियामा तैनाथ नेपाली सेनाको अदलीबदली भएको छ।
नेपाली सेनाको फोर्स हेडक्वार्टर सपोर्ट युनिट १२औं डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म सातौं डफ्फा, इन्जिनियर मेसु आठौं डफ्फा, लेबल १ प्लस अस्पताल पाँचौं डफ्फा र क्लोज प्रोटेक्सन युनिट चौथो डफ्फाका १६२ जना नेपाली शान्ति सैनिकहरु संयुक्त राष्ट्रसंघको चार्टर्ड बिमानद्वारा काठमाडौंबाट मिसन इलाकातर्फ गएका छन्। नयाँ तैनाथ सेनाको नेतृत्व सेनानी नवराज नाथले गरेका छन्।
यस्तै, उक्त मिसनमा कार्यरत विभिन्न युनिटहरुका २३८ जना नेपाली शान्ति सैनिकहरू आफ्नो कार्यकाल सम्पन्न गरेर प्रमुख सेनानी महेश कुमार सुवाल बाटाको नेतृत्वमा बिहीबार नै स्वदेश फर्किने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।