काठमाडौं- नेपालस्थित कतारी राजदूत मिशाल मोहम्मद अल अन्सारीले इजरायलमा हमास समूहद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन कार्कीको रिहाइका लागि पहल भइरहेको बताएका छन्। परराष्ट्र मन्त्री एनपी साउदसँग मंगलबार भएको शिष्टाचार भेटमा अन्सारीले सो कुरा बताएको परराष्ट्र मन्त्रीको सचिवालयले उल्लेख गरेको छ।
सो अवसरमा मन्त्री साउदले जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग पुन: आग्रह गरेका थिए। मन्त्री साउदले यसअघि मंसिर ८ गते कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।
‘परराष्ट्र मन्त्रालयमा मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका गर्नुभएको हो। जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताउनुभयो,’ भेटपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ। परिस्थिति जटिल छ। यद्यपि, अर्को युद्धबिरामका लागि पहल भइरहेको छ,’ परराष्ट्र मन्त्री साउदसँग राजदूत अन्सारीले गरेको संवाद उदृत गर्दै सचिवालय भन्छ, ‘हामी बन्दीहरु छुटाउनका लागि पनि प्रयास गरिरहका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।