काठमाडौं- यु-१९ एसिया कपका लागि पाकिस्तानले टोली घोषणा गरेको छ। पाकिस्तानले शाद बेगको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
एसिया कप डिसेम्बर ८ तारिखदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदैछ। एसिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ। यस समूहमा नेपालसहित अफगानिस्तान, भारत र पाकिस्तान रहेका छन्।
नेपालले यसअघि नै एसिया कप खेल्ने टोली घोषणा गरिसकेको छ। पाकिस्तानले शुक्रबार राति घोषणा गरेको यही टोलीसँग नेपालले लिग चरणमै प्रतिस्पर्धा गर्नेछ।
पाकिस्तानी टोली
शाद बेग (कप्तान-विकेट किपर), अहमद हुसेन, अलि असफन्द, अमिर हुसेन, आराफात मिनहास (उप-कप्तान), अजान अविस, खुबिब खलिल, नजाब खान, नाबेद अहमद खान, मोहमद रैजुल्लाह, मोहम्मद तैयब आरिफ, मोहम्मद जिशान, शहजिब खान, स्यामुअल हुसेन र उबेद साह।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।