काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सबै ठूला राजनीतिक दलको नेतृत्वमा बस्नेहरुमा इच्छाशक्ति नभएकै कारण जनतामा निरासा छाएको बताएका छन्। नेताहरुकै आचरणका कारण जनतामा चरम निराशा छाएको कोइरालाले बताए।
जनतालाई आशा जगाउने र हाम्रै नेताहरुले देश बनाउन सक्छन् भन्ने सन्देश दिनु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो।
राजनीतिक दलको नेतृत्वमा बस्नेहरुले कुनै कालखण्डमा देश र प्रजातन्त्रको लागि राम्रो काम गरेको बताउँदै कोइरालाले भने, ‘अब जनतामा आशा जगाउन र देशलाई नयाँ ढंगले समृद्धिको बाटोमा लैजान उहाँहरूले ससम्मान नेतृत्व छाड्नुपर्छ।’
नेपाली कांग्रेस नवलपरासी पश्चिमको प्रथम जिल्ला सम्मेलनलाई परासीमा सम्बोधन गर्दै नेता कोइरालाले गुट र उपगुटको चौघेरामा रमाउन छाडेर जनताका पक्षमा रचनात्मक काम गर्न कार्यकर्तालाई आग्रह समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।