काठमाडौं– आगमी वर्षको जुन महिनामा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप खेल्ने सबै २० टोलीको टुङ्गो लागेको छ।
सन् २०२४ को जुन ४ देखि ३० सम्म हुने विश्वकप अमेरिका र वेस्टइन्डिजले संयुक्त रुपमा आयोजना गर्नेछन्।
उक्त विश्वकपमा नेपालसँगै अमेरिका, वेस्टइन्डिज, अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्यान्ड्स, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, ओमान, नामिबिया र युगान्डाले विश्वकप खेल्नेछन्।
यसअघि टी–२० विश्वकपमा १६ टोलीले खेल्दै आएका थिए। तर आइसीसीले चार टोलीको सङ्ख्या थप्दै २० पुर्याएको थियो।
आईसीसीले विश्वकपका लागि टोलीहरुको समूह विभाजन नगरेका कारण समूह चरणमा नेपालसहित कुन देशले कोसँग खेल्ने भन्ने टुंगो लागिसकेको छैन। आईसीसीले २० टोलीलाई ४ समूहमा विभाजन गर्नेछ। हरेक समूहमा पाँच टोली हुनेछन्।
समूहमा १ टोलीले ४ खेल खेल्न पाउनेछ। जसबाट शीर्ष दुई टोलीले सुपर ८ मा स्थान बनाउनेछन्। सुपर ८ मा २ समूहमा विभाजन गरिनेछ। शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
यी हुन् टी–२० विश्वकप खेल्ने देश:
अमेरिका, वेस्टइन्डिज, अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्यान्ड्स, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, नेपाल, ओमान, नामिबिया र युगान्डा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।