• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जाजरकोट भूकम्पको असर: त्रिपालमुनि १ हजार ७६ सुत्केरी!

64x64
रासस मंगलबार, मंसिर १२, २०८०  ०७:३४
1140x725

जाजरकोट– जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्।

त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ। भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ। भूकम्पबाट  घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्ने गरेको पाइएको छ।

अहिले यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको भीड नै लागेको छ। जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जनसङ्ख्या प्रभावित भएका थिए। ४२ जनाको मृत्यु भएको थियो भने ५५५ जना घाइते भएका थिए। 

भेरी नगरपालिकामा ५ वर्षमुनिका १ हजार ११५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ६७४ गर्भवती, २८२ सुत्केरी, २ हजार ८३६ ज्येष्ठ नागरिक, १ हजार ६५ दीर्घरोगी र ४०८ अपाङ्गता भएका व्यक्तिसहित ९ हजार ३८० जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा छन्। स्वास्थ्य संस्था ८ वटा पूर्णरूपमा र ८ वटा आंशिक रूपमा भत्किएको पाइएको छ।

कुशे गाउँपालिकामा २५ हजार ८१५ जनसङ्ख्या प्रभावित भएका थिए। ७ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए। ५ वर्षमुनिका २ हजार ९४५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ५१५ जना गर्भवती, २३० सुत्केरी, ९२० ज्येष्ठ नागरिक, २७७  दीर्घरोगी र ८८ अपाङ्गता भएका व्यक्तिसहित ४ हजार ९७५ जना भूकम्प प्रभावित जोखिममा रहेका छन्। ५ वटा स्वास्थ्य संस्था पूर्णरूपमा र १३ वटा आंशिकरूपमा भत्किएको पाइएको छ।
 
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माका अनुसार छेडागाड नगरपालिकामा १ हजार ३५२ जनसङ्ख्या प्रभावित भएका थिए। १ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए। ५ वर्षमुनिका ३७२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ८६ गर्भवती, ६६ सुत्केरी, २०४ ज्येष्ठ नागरिक, १५ दीर्घरोगी र ९ जना अपाङ्गता भएकासहित ७४३ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन्। ८ वटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको पाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नलगाड नगरपालिकामा २९ हजार २०९ जनसङ्ख्या प्रभावित भएका थिए। ५२ जनाको मृत्यु भएको थियो भने ८६ घाइते भएका थिए। पाँच वर्षमुनिका ३ हजार ३३ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ३३१ गर्भवती, ३७४ सुत्केरी, १ हजार ४८३ ज्येष्ठ नागरिक, २३४ दीर्घरोगी र २५० अपाङ्गता भएका व्यक्तिसहित ३ हजार हजार ९४४ जना भूकम्पको प्रभावबाट जोखिममा छन्। १ स्वास्थ्य संस्था पूर्णरूपमा र ५ वटा आंशिक रूपमा भत्किएको पाइएको छ।
 
बारेकोट गाउँपालिकामा १९ हजार ६७६ जनसङ्ख्या प्रभावित भएका थिए भने १० जना घाइते भएका थिए। ५ वर्षमुनिका १ हजार ४९९ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने १८१ गर्भवती, ७५ सुत्केरी, ४३९ ज्येष्ठ नागरिक, २२३ दीर्घरोगी र ४५ अपाङ्गतासहित २ हजार ४१७ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा छन्। पूर्ण रूपमा १ र आंशिक रूपमा ४ स्वास्थ्य संस्था भत्किएका छन्। भूकम्पबाट शिवालय गाउँपालिका ११ हजार ८४३ जनसङ्ख्या प्रभावित भएका थिए। २ जना घाइते भएका थिए। ५ वर्षमुनिका ४६२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४९  गर्भवती, २ सुत्केरी, ५१ ज्येष्ठ नागरिक, दीर्घरोगी र अपाङ्गतासहित ४४६ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन्। २ वटा स्वास्थ्य संस्था आंशिक रूपमा भत्किएको पाइएको छ। 

भूकम्पबाट जुनिचाँदे गाउँपालिकामा १ हजार ९५० जनसङ्ख्या प्रभावित भएका थिए। ५ वर्षमुनिका ७८ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४७ जना गर्भवती, ४७ सुत्केरी, ९३ ज्येष्ठ नागरिक, १८ दीर्घरोगी र २२ अपाङ्गतासहित २८३ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन्। १५ वटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको छ।
 
भूकम्पबाट १ लाख २८ हजार ९१७ जना प्रभावित भएको पाइएको छ। भूकम्पपछि प्रभावित जोखिम जनसङ्ख्या २२ हजार २०६ रहेको छ। ५ वर्षमुनिका १२ हजार ४०४ बालबालिका प्रभावित भएका छन् भने १ हजार ८८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन्। त्यसैगरी १ हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन्। १ हजार ८३२ दीर्घरोगी, ८५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यमा छन्। पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ।
 
विवरण अझै सङ्कलन हुँदै 
मंसिर ७ गतेभित्र पालिकाले क्षतिको विवरण जिल्ला विपत् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरिए पनि अझै विवरण आउन सकेको छैन।  पालिकाले भने मंसिर १० गतेसम्म विवरण पठाउन समय माग गरेका थिए। 

छरिएर रहेका घर, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्याङ्क सङ्कलन गर्न समय लागेको पालिकाका प्रमुखले बताएका छन्। 

Xtrem
Xtrem

पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्याङ्क सङ्कलनमा विलम्ब भएको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन्। अबको २ दिनभित्र सबै विवरण आउने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत शर्माले बताए। 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो भारतको बिहार राज्यस्थित बेगुसराय जिल्लाको सिमरियाघाटमा घटस्थापनाको अघिल्लो दिन गङ्गास्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ। शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड रसुवालगायत बाढी प्रभावित जिल्लाहरूमा भौतिक क्षतिका साथै गम्भीर मानसिक स्वास्थ्य संकट निम्तिएको भन्दै सरोकारवालाहरूले तत्काल समन्वयात... शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य त्रिशूली नदीको कटानका कारण धादिङको गजुरी नजिक गलौंदीमा सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुलाउने काम तीव्र पारिएको छ। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्