काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताबीच छलफल जारी छ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आज सात राजनैतिक दल र तत्कालीन नेकपा माओवादीले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिनका अवसमा उनीहरुबीच छलफल सुरु भएको हो।
हस्ताक्षरकर्ता दलमध्ये तीन जना शीर्ष नेताहरु बसे शान्ति सम्झौताका बाँकी कामहरूलाई यथासक्य छिटो टुंगोमा पुर्याउने प्रतिबद्धतासहित छलफलमा सहभागी भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।