काठमाडौं- ललितपुर महानगरपालिकाले विभिन्न ठाउँमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ। सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै उक्त निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका छन्।
पुल्चोकस्थित यूएन हाउस र मन्त्री निवासको सुरक्षा संवेदनशिलतालाई ध्यान दिँदै त्यस वरपपरका विभिन्न ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने भनिएको छ। आगामी ७ गते गरिने भनिएका विरोध जुलुसलाई केन्द्रमा राखेर निषेधाज्ञा जारी गरिएको हो।
यसअघि काठमाडौं प्रशासनले एक महिनाका लागि माइतिघर मण्डला वरपरको क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।