काठमाडौं– न्याय परिषद्को बैठककले रिक्त उच्च अदालतको मुख्य न्यायाधीशमा ६ जनालाई नियुक्त गरेको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले ६ जनालाई मुख्य न्यायाधीशमा सिफारिस गर्दै नियुक्त गरेको हो।
उच्च अदालतको मुख्य न्यायाधीशमा नृपध्वज निरौला मात्र रहेका छन्। रिक्त मुख्य न्यायाधीशमा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, लोहितचन्द्र शाह, माधव पोखरेल, रमेशराज भण्डारी, नित्यानन्द पाण्डे र शान्तिसिंह थापा नियुक्त भएका हुन्।
यसअघि वरिष्ठताको क्रममा रहेका केही व्यक्ति भने सर्वोच्चको नियुक्तीमा पनि परेनन् भने मुख्यमा पनि छुटेका छन्। सत्यमोहन जोशी थारु, माधव पोखरेलसहितका न्यायाधीशहरु दुवैमा छुटेका छन्।
परिषद्ले आजै सर्वोच्चमा ६ जनाको नियुक्तिका लागि सिफारिस गरेको थियो। ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीको सिफारिस भएको थियो। न्याय परिषद्बाट सिफारिस भएका उनीहरूलाई प्रधान्यायाधीशले शपथ गराउदै नियुक्ति दिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।