काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
यसैगरी अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री १३३ रुपैयाँ ५४ पैसा रहेको छ भने युरो १ को खरिद दर १४५ रुपैयाँ २ पैसा र बिक्री दर १४५ रुपैयाँ ६८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४३ पैसा रहेको छ भने अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ५३ पैसा र बिक्री दर ८६ रुपैयाँ ९२ पैसा कायम भएको छ।
यसैगरी क्यानडियन डलर १ को खरिद दर ९६ रुपैयाँ ९० पैसा र बिक्री दर ९७ रुपैयाँ ३३ पैसा, कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४५ पैसा र बिक्री दर ३५ रुपैयाँ ६१ पैसा तथा यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।