काठमाडौं– भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट इस्टेडियममा भइरहेको विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलियालाई पहिलो झड्का लागेको छ।
दोस्रो ओभरको पहिलो बलमै भारतले अस्ट्रेलियाका ओपनर डेविड वार्नरको विकेट लिएको हो। उनको विकेट मोहम्मद सामीले लिएका हुन्।
वार्नर सात रन बनाएर आउट भए। साममीले विराट कोहलीबाट क्याच आउट गराएका हुन्।
टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको भारतले २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।