काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतलाई चौथो झड्का लागेको छ।
भारतले चौथो विकेटका रुपमा विराट कोहली आउट भएका छन्। उनलाई अस्ट्रेलियाका कप्तान प्याट क्यूमिन्सले बोल्डआउट गरेका हुन्। कोहलीले ५४ रन बनाए।
सुरुवात उत्कृष्ट गरेको भारतले मध्यक्रममा सुस्ताएको छ। श्रेयस यय्यर तेस्रो, ४७ रन बनाएका कप्तान रोहित शर्मा दोस्रो तथा शुभमन गिल पहिलो विकेटका रुपमा आउट भएका थिए।
रोहितको विकेट म्याक्स्वेलले लिए भने यय्यरको अस्ट्रेलियाका कप्तान प्याट क्यूमिन्सले लिएका हुन्। रोहितले ४७ रन बनाए भने यय्यरले तीन बलमा चार रन बनाउँदै आएट भए।
यसअघि गिललाई पनि भारतले सात बलमा चार रन बनाएर गुमाएको थियो। भारतले अहिले २९ ओभरको समाप्तिमा चार विकेट गुमाउँदै १४९ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।