काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत फाइनल खेलमा भारतलाई पहिलो झड्का लागेको छ।
भारतले पहिलो विकेटका रुपमा शुभमन गिललाई गुमाएको हो। उनी पाँच बलमा चार रन बनाएर आउट भए।
अस्ट्रेलियाका मिचेल स्टार्कले जाम्पाबाट क्याचआउट गराएका हुन्। यो जारी विश्वकपमा यो स्टार्कको २८ औं विकेट हो।
अहिले भारतका तर्फबाट कप्तान रोहित शर्मा र विराट कोहली क्रिजमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।