काठमाडौं– आयरल्याण्डमाथि साँघुरो जित निकाल्दै नेदरल्याण्ड युरो कप २०२४ मा छनोट भएको छ। जर्मनीमा हुने युरो कपमा छनोट हुनका लागि नेदरल्याण्डका लागि १ मात्र गोल वट वेघोरस्टले गरे।
११औं मिनेटमा डि भिर्जको पासमा वेघोरस्टले गोल गर्दै नेदरल्याण्डलाई युरो कपमा स्थान सुरक्षित बनाउन सफल भए।
त्यसैगरी रोमानिया पनि जर्मनीमा हुने युरो कपमा छनोट भएको छ। समूह ‘आई’अन्तर्गत शनिबार राति भएको खेलमा इजरायललाई २–१ ले हराउँदै रोमानिया युरो कपमा छनोट भयो। रोमानियाको जितमा पुसकास र हागीले १–१ गोल गरे। इजरायलका लागि एक मात्र गोल खेलको दोस्रो मिनेटमा इरान जाहाभीले गरेका थिए।
जितसँगै समूह ‘आई’ बाट १९ अंकका साथ शीर्ष स्थानमा रहँदै रोमानिया युरो कपमा छनोट भएको छ। यही समुहको स्वीट्जरल्याण्ड पनि युरो कपमा छनोट भएको छ। कोसोभोसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको स्वीट्जरल्याण्ड १७ अंकका साथ दोस्रो स्थानमा रहँदै युरो कपमा छनोट भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।