काठमाडौं– भारतमा जारी आईसीसी एक दिवसीय विश्वक अन्तर्गत बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
खराब सुरुवात गरेको दक्षिण अफ्रिकाले ४९ दशमलव ४ ओभरमा अलआउट हुँदै २१२ रन मात्र बनाउन सक्यो। तर दक्षिण अफ्रिकाका लागि भने डेभिड मिलरले १०१ रनको शतकीय पारी खेले।
हेनरिच क्लासेनले ४७, गेराल्ड कटेज १९, अदिन मारक्रम र कागिशो रबाडाले १०/१० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यता दक्षिण अफ्रिकालाई दबाबमा राख्ने क्रममा अस्ट्रेलियाका मिचेल स्टार्क र पात कुमिन्सले ३/३ तथा जोश हेजलउड र ट्राभिस हेडले २/२ विकेट लिए।
पहिले सेमिफाइनलमा न्यूजिल्याण्डलाई हराउँदै आयोजक भारत फाइनलमा पुगिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।