काठमाडौं– आईसीसी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ सुरु गरेको छ। कोलकाताको इडेन गार्डेनमा टस जितेर दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो।
ब्याटिङमैत्री पिच भएको इडन गार्डेनमा अस्ट्रेलियालाई ठूलो रनको लक्ष्य दिने तयारीसहित दक्षिण अफ्रिकाले पहिले ब्याटिङ थालेको हो। दक्षिण अफ्रिकाले आजको खेलमा एक परिवर्तन गरेको छ। लुङ्ग्गी एनगिडीको स्थानमा तबरेज शाम्सीलाई समावेश गरिएको छ।
अस्ट्रेलियाले ग्लेन म्याक्सवेल र मिचेल स्टार्कलाई टोलीमा फर्काएको छ। शन एबोट र मार्कस स्टोइनिसलाई बेञ्जमा राखिएको छ।
अस्ट्रेलियाले लिग चरणका सुरुवाती २ खेलमा हार बेहोरेपछि तेस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो। त्यसो त दक्षिण अफ्रिकाले पनि लिग चरणमा समान २ हार बेहोरेको थियो। तर अस्ट्रेलियाभन्दा रनरेटमा बलियो भएपछि दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको थियो।
दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच लिग चरणमा भएको प्रतिस्धर्पामा साउथ अफ्रिका १३४ रनको विशाल अन्तरले विजयी भएको थियो।
दक्षिण अफ्रिका ब्याटिङमा भर परेको छ भने अस्ट्रेलिया दुवै पक्षबाट सन्तुलित टिम छ।
यस खेलको विजेताले फाइनलमा आइतबार भारतसँग खेल्ने छ। भारतले पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७० रनले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।