• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

विश्वकपमा भारतले पाएको नयाँ स्टार– श्रेयस अय्यर  

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ३०, २०८०  १२:२९
1140x725

काठमाडौं– भारतीय क्रिकेट टिम एकसेएक स्टार खेलाडीले भरिएको छ। विराट कोहोली, रोहित शर्मा, केएल राहुल, मोहम्मद शामी, जसप्रित बुमराहजस्ता खेलाडीले भरिएको भारतीय टिममा यो विश्वकपले नयाँ स्टार पाएको छ। 

कुनै समय भारतीय क्रिकेट टोलीमा चौथो नम्बरको ब्याट्सम्यानलाई लिएर विश्वभरमा बलरहरु तर्सिन्थे। सचिन तेन्दुलकर, राहुल द्रविड र युवराज सिंह जस्ता खेलाडीहरु चौथो नम्बरमा ब्याटिङ गर्न क्रिजमा ओर्लिन्थे। टिमलाई संकटबाट जोगाउँदै विजेतासम्म बनाउने खुवी एक्लै राख्ने भएकाले उनीहरुको चर्चा र विपक्षी टिमको चिन्ता हुने गर्दथ्यो।  उनीहरुको अवकाशपछि भारतीय टिममा चौथो नम्बरमा अस्थिरता आएको थियो। तर, यसपटकको विश्वकपले भारतका लागि त्यो रिक्तता पूर्ति गर्ने संकेत गरेको क्रिकेटका विश्लेषकहरुको दाबी छ। 

भारतीय टिममा यो विश्वकपबाट आफूलाई नयाँ स्टारको रुपमा उभ्याउन सफल भएका खेलाडी हुन श्रेयस अय्यर। स्टार खेलाडीले भरिएको भारतीय टिममा उनी आफ्नो अलग्गै पहिचान बनाउन सफल भएका देखिन्छ। 

सेमिफाइलनको खेलमा अय्यरले आफ्ना प्रशिक्षक राहुद द्रविडको रेकर्ड समेत तोडे। विश्वकपमा लगातार शतक प्रहार गर्ने द्रविडको रेकर्ड तोड्दै बुधबार न्यूजिल्याण्डलाई पराजित गर्दा भारतका लागि महत्त्वपूर्ण योगदान दिए। 
 
विश्वकपमा अय्यरले गरिरहेको ब्याटिङको भारतीय टिमका प्रशिक्षक द्रविड, अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ र पाकिस्तानमा वसिम अकरमले पनि प्रशंसा गरेका छन्। उनले सेमिफाइलनको अन्तिम छनौटमा नेदरल्याण्ड्सविरुद्ध अविजित १२८ रनको पारी खेलेका थिए भने सेमिफाइलनको खेलमा न्यूजिल्याण्डविरुद्ध ७० बलमा १०५ रनको आक्रामक पारी खेले। अय्यर विश्वकपमा चौथो नम्बरमा ब्याटिङ गरेर शतक प्रहार गर्ने सचिन तेन्दुलकर र युवराज सिंहपछि तेस्रो ब्याट्सम्यान बनेका छन्। 

क्रिकेट जगत्‌मा उनको चर्चा रनले मात्र भइरहेको छैन। जुन परिपक्वताका साथ उनले खेल पस्केका छन्  त्यसको पनि चर्चा भइरहेको छ। उनको खेल्ने परिपक्वताले उनलाई भविष्यसम्म खेल्न सक्ने  स्टारमा रुपमा हेरिएको छ। 

उनी अहिले भारतीय क्रिकेटका सबैभन्दा रोमाञ्चक ब्याट्सम्यानको रुपमा अघि आएका छन्। रणजी ट्रफी र आईपीएलमा शानदार प्रर्दशनपछि उनले राष्ट्रिय टिममा डेब्यू गरेका थिए। २०१७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका उनले यसबीचमा चोटका कारण धेरै अप्ठेरो स्थितिको सामना गर्नुपर्‍यो। यसबीचमा पनि धेरै असफलताहरु झेले, तर हिम्मत हारेनन्। उनी मेहनत गर्दै पुन: टोलीमा फर्के। 

अय्यरले २०१७ डिसेम्बररमा श्रीलंकाविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए। दोस्रो खेलमै अर्धशतक प्रहार गरे। र नियमित टिमको सदस्य बन्न सफल भ ।  त्यसको केही महिनापछि उनले टी–२० आईमा डेब्यु गर्ने मौका पाए। २०१९ को विश्वकप क्रिकेट खेल्ने भारतको टिममा छनौट भए। तर काँधमा चोट लागेका कारण विश्वकपवाट बाहिर भए । 

उनले २०२० मा न्यूजिल्याण्डविरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए। त्यसपछि उनी २०२१ मा न्यूजिल्याण्ड विरुद्धकै खेलकै लागि टेस्टमा पनि डेब्यू गरे। डेब्यु खेलमै उनले १ शतक र १ अर्धशतक प्रहार गरेर आफूलाई प्रमाणित गरेर देखाए। 

Ncell 2
Ncell 2
nimb
nimb

यही प्रर्दशन निरन्तर राख्दा २०२३को विश्वकपमा भारतका सबैभन्दा सफल ब्याट्सम्यानको रुपमा उनी देखिएका छन्। उनी यो विश्वकपमा सवैभन्दा धेरै रन बनाउने पाँचौं खेलाडीमा रहेका छन्। उनले १० खेलमा ५२६ रन बनाएका छन्। जसमा २ शतक र ३ अर्धशतक रहेको छ। 

कमेन्टेटर हर्षा भोगले अय्यरका पछिल्ला पारीहरु करिअरकै बेस्ट रहेको टिप्पणी गर्छन्। ‘जो आफ्नो ब्याटिङ शैली अलग रुपमा देखाइरहेको छ। सर्कलमा ५ फिल्डर हुदाँ पनि १ रन लिन सफल हुन्छ। साथै हावामा खेलेर बाउन्ड्री पनि निकाल्न सक्दछ,’ अय्यरको प्रशंसा गर्दै भोगले भन्छन्। 
 
सञ्जय माजरेकरले पनि उनको प्रशंसा गरे। सञ्जय अय्यरलाई क्लासिकल खेलका साथै चौका र छक्का समेत आवश्यक समयमा प्रहार गर्नसक्ने क्षमता भएको खेलाडीको रुपमा लिन्छन्।

भारतीय प्रशिक्षक राहुद द्रविड अय्यरलाई विशेष खेलाडीको रुपमा लिन्छन्, जो दबाबमा अझै धेरै राम्रो खेल्न सक्दछ । राहुल अययरको डेब्यू खेलदेखि नै उनको खेलशैली र स्वभावको फ्यान भएका छन्। 

द्रविण मान्दछन् कि अय्यर एक समझदार क्रिकेटर हुन्, जसको खेलमा राम्रो पकड छ अनि असहज परिस्थितिमा पनि सहज रुपमा खेल आफ्नो पक्षमा ढाल्नसक्ने गरी खेल्दछन्। 

Xtrem

Xtrem

यसरी उनको प्रशंसा भइरहँदा केही पूर्व क्रिकेटहरु उनको विपक्षमा छन्। सर्ट पिच बल खेल्न नसक्नु उनको कमजोरी रहेको उनीहरुको टिप्पणी छ। विश्वकपको ४ खेलपछि सुनील गावस्करले आलोचना गदै भनेका थिए, ‘उनले (अय्यरले) १०० रन कसरी बनाउने सिक्न जरुरी छ। किनकि उनी खराब बलमा खेलेर पटक पटक राम्रो स्कोर बनाउनबाट चुकिरहेका छन्।’ 

पाकिस्तानका पूर्व कप्तान मिसवाह उल हक पनि अय्यरको फूटवर्कको आलोचक हुन्। अय्यरले त्यसमा सुधार गर्नुपर्ने उनको सुझाव छ। 

यसरी आलोचना र सर्मथन भइरहँदा श्रेयस अय्यर भारतीय क्रिकेटमा केही वर्षदेखि चल्दै आएको चौथो नम्बरको ब्याट्सम्यानको समस्याको विकल्प भने देखिएका खेल विज्ञहरुको भनाइ छ। खासगरी युवराज सिंहको अवकासपछि ४ नम्बरमा ब्याटिङ गर्ने राम्रो खेलाडी लामो समयदेखि भारतले पाउन सकेको थिएन। भारतले अनेक विकल्पहरुको प्रयोग गरे पनि स्थिर हुन सकेको थिएन। 

भारतमा नम्बर ४ महान ब्याट्सम्यानहरुको स्थान हो। सचिन तेन्दुलकर, राहुद द्रविड, मोहम्मद अजहरुद्दिन र युवराज सिहको स्थान हो। युवराज रिटायर भएपछि उक्त स्थानमा सुरेश रैना, महिन्द्रसिंह धोनी, विजय शंकर, मनीष पाण्डे, केएल राहुल, केदार जाधव, अजिंक्य रहाने, सूर्यकुमार यादवजस्ता धेरै खेलाडीहरुलाई परीक्षण गरियो, अय्यर झैं सफल नदेखिएको खेल विश्लेषकहरुको दाबी छ। 

नम्बर चारको स्थानका लागि भारतीय टिम लगभग १० वर्षदेखि समस्या झेलिरहेको छ। अहिले आएर उक्त स्थानमा अय्यरलाई मौका दिइएको छ। 

अय्यर उक्त रोलमा सफल नै देखिएका छन्। उनले चौथो नम्बरमा ब्याटिङ गर्दै हालसम्म ३२ खेलमा ५२ रनको औषतमा १ हजार ३९३ रन बनाएका छन् जसमा ४ शतक र ८ अर्धशतक रहेका छन्। यो विश्वकपमा पनि उनी सफल देखिएका छन्। यसरी हेर्दा उनी भारतीय क्रिकेट टोलीमा नयाँ स्टारको रुपमा उदाइरहेको युवाको रुपमा अघि आएका छन्। –एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १२:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा
इतिहासमा कांग्रेस, नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टी
भाडाको कार्यालय छाडेर आफ्नै भवन खोज्दै रास्वपा
सम्बन्धित सामग्री
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाड क्रिकेटमा स्वर्ण पदक शनिबार भएको फाइनलमा भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रन मात्रै बनाउन सक्यो । शनिबार, असोज १७, २०८३
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यिय टोलीको घोषणा गरेको हो । शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने आईसीसी एकदिवसीय विश्वकप २०२७ को खेलतालिका सार्वजनिक भएसँगै भारत र पाकिस्तानबीच हुने बहुप्रतीक्षित खेलको मिति पनि तय भएको छ। शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
इतिहासमा कांग्रेस, नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टी आइतबार, असोज १८, २०८३
भाडाको कार्यालय छाडेर आफ्नै भवन खोज्दै रास्वपा आइतबार, असोज १८, २०८३
देशका अधिकांश भू–भागमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना आइतबार, असोज १८, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्