काठमाडौं– आईसीसी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा विहिबार अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो २:१५ बजे कोलकत्तास्थित इडेन गार्डेनतामा हुनेछ। बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डलाई हराउँदै भारतले फाइनलमा स्थान पक्का गरिसकेको छ।
५ पटकको विश्वकप च्याम्पियन अस्ट्रेलिया बिहीबारको खेल जित्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा छ। दक्षिण अफ्रिका पनि पहिलोपटक विश्वकपको उपाधि उचाल्ने लक्ष्यका साथ फाइनलमा स्थान बनाउन चाहन्छ।
अस्ट्रेलियाले लिग चरणका सुरुवाती २ खेलमा हार बेहोरेपछि तेस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो। त्यसो त दक्षिण अफ्रिकाले पनि लिग चरणमा समान २ हार बेहोरेको थियो। तर अस्ट्रेलियाभन्दा रनरेटमा बलियो भएपछि दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको थियो।
दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच लिग चरणमा भएको प्रतिस्धर्पामा साउथ अफ्रिका १३४ रनको विशाल अन्तरले विजयी भएको थियो।
दक्षिण अफ्रिका ब्याटिङमा भर परेको छ भने अस्ट्रेलिया दुवै पक्षबाट सन्तुलित टिम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।