काठमाडौं– पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर आजमले आफ्नो कप्तान पदबाट राजीनामा दिएका छन्।
बुधबार आजामले सामाजिक सञ्जालमार्फत् आफूले पाकिस्तानको टेस्ट, एकदिवसीय र टी-२० टिमको कप्तान पद त्यागेको घोषणा गरेका हुन्।
भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तानको खराब प्रदर्शन पछि आजमको आलोचना भएको थियो। कतिपय आलोचकले उनको राजीनामा समेत मागेका थिए।
उनलाई २०१९ मा पाकिस्तानको कप्तानको जिम्मेवारी दिइएको थियो। उनी पछिल्लो समय एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा रहे पनि यसै महिना भारतका शुभमन गिलले पछि पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।