काठमाडौं– उच्च अदालत पोखरेले पोखराको पर्यटकीय क्षेत्र लेक साइडका होटलहरु बन्द गराउने कार्य नगर्न आदेश गरेको छ।
उच्चले व्यवसाय हुने स्थानहरुले २४ सै घन्टा सेवा दिन पाउने भन्दै जवरजस्ती बन्द गराउने कार्य नगर्न नेपाल प्रहरीसहित अन्यको नाममा आदेश जारी गरेको हो।
उच्चको यो आदेशपछि अब चौबिसै घण्टा खुला हुने छन्। बुधबार उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको हो।
व्यवसायीले व्यवसायमा अंकुश लगाउने गरी प्रहरीले बन्द गराउँदै हिँडेको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले यस्तो आदेश दिएका हुन्।
देवीकुमारी बरालले दायर गरेको रिटमा उच्चले यस्तो आदेश गरेको हो। बरालले जिल्ला प्रशासन कार्यालयसमेतलाई विपक्षी बनाएर रिट गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।