काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने महिला टी–२० सिरिजका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले मंगलबार हङकङ सिरिजका लागि प्रारम्भिक टोलीको घोषणा गरेको हो।
प्रारम्भिक टोलीमा रुबिना क्षेत्री, सिता रानामगर, इन्दु वर्मा, संगिता राई, ज्योति पाण्डे, पूजा महतो, रोमा थापा, ईश्वरी विष्ट, सम्झना खड्का, रुबि पोदार, सवनम राई, अश्मिना कर्मचार्य, खुसी डंगोल, कृतिका मरासिनी, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजल श्रेष्ठ, मनिषा चौधरी, कबिता जोशी छन्।
क्रिकेट हङकङ चाइनाको आयोजनामा नोभेम्बर १५ देखि १९ सम्म ४ राष्ट्र सम्मिलित टी–२० सिरिजको आयोजना हुँदैछ।
क्यानले सोमबार निर्णय गर्दै टी–२० सिरिजमा नेपाली महिला क्रिकेट टिमलाई सहभागी गराउने निर्णय गरेको थियो। मंगलबार क्यानले सिरिजका लागि बन्द प्रशिक्षणमा २२ जना महिला क्रिकेटलाई बोलाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।