काठमाडौं– भारतमा जारी आईसीसी वान डे विश्वकप प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा दक्षिण अफ्रिकामाथि आयोजक भारतले शानदार जित निकालेको छ।
पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ३२५ रन बनाएको थियो। ३२६ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका २७ दशमलव १ ओभरमा अलआउट हुँदै ८३ रनमै समेटियो।
जारी प्रतियोगितामा भारतीय बलरहरु विपक्षी टिममाथि हावी हुँदै आएका छन्। आज पनि भारतीय बलरका अगाडि दक्षिण अफ्रिकाका सबै ब्याटर निरिह देखिए।
पहिले ब्याटिङ गरेको भारतका लागि सर्वाधिक १०१ रन बनाउँदा श्रेयस यय्यरले ७७ रनको योगदान दिए। यस्तै कप्तान रोहित शर्मा ४०, रवीन्द्र जडेजा २९, सुभमन गिल २३, सूर्यकुमार यादव २२ र केएल राहुलले ८ रन बनाएका थिए।
दक्षिण अफ्रिकाका लागि लुंगी नेग्दी, मार्को जेनसन, कगिसो रबाडा, केशव महाराजा र तबिराज शम्सीले एक/एक विकेट लिए। ब्याटिङमा भने दक्षिण अफ्रिकाका लागि मार्को जेनसन १४, रास्सी भान डर डुसेन १३, डेविड मिलर र टेम्बा बवुमा ११/११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यता दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा भारतका लागि रवीन्द्र जडेजाले सर्वाधिक ५, महम्मद शमी २, कुलदीप यादव २ र महम्मद सिराजले १ विकेट लिए। अंक तालिकाको शीर्षमा रहेको भारत जारी प्रतियोगितामा अविजित रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।