काठमाडौं– आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलअन्तर्गत नेपाल र ओमानबीचको खेल सुपरओभरमा गएको छ।
१८५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभर सकिँदा १८४ रन बनायो। अन्तिम ओभरमा ओमानलाई जितका लागि ८ रन आवश्यक थियो। तर ओमानले २ विकेट गुमाउँदा ७ रन बनाउन सक्यो।
अन्तिम ओभरमा बलिङ गर्दै नेपालका सन्दीप लामिछानेले २ विकेट लिए। ओमानका १ जना ब्याटर रन आउट भए। अन्तिम बलमा दोस्रो रन लिने क्रममा फय्याज बट रनआउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।