काठमाडौं– आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलअन्तर्गत नेपालका गुलशन झाले अर्धशतक बनाएका छन्। धर्मराएको नेपालको ब्याटिङ लाइन सम्हाल्दै बिस्फोटक ब्याटिङ गरेका गुलशनले २० बलमा ५० रन पूरा गरेका हुन्।
गुलशनले ४ छक्का र ५ चौका प्रहार गरे।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सुरुवाती १० ओभर खेल्दा महत्त्वपूर्ण ४ विकेट गुमाइसकेको थियो। पाँचौं नम्बरमा मैदान छिरेका गुलशनले कप्तान रोहित पौडेलसँग साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोर बनाउन महत्त्वपूर्ण योगदान दिएका छन्।
यसअघि चौथो विकेटका रुपमा नेपालका कुशल मल्ल मात्र ३ रन बनाएर आउट भएका थिए।
नेपालले तेस्रो विकेटका रुपमा ओपनिङ ब्याटर कुशल भुर्तेललाई गुमाएको थियो। २२ बलको सामना गरेका भुर्तेलले ३१ रन बनाए। जसक्रममा उनले २ छक्का र ३ चौका प्रहार गरेका थिए।
नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो। आसिफ ६ बलमा ६ रन बनाएर पेभेलियन फर्किएका थिए।
दोस्रो विकेटका रुपमा सन्दीप जोरा १० रन बनाएर आउट भए। १३ बलको सामना गरेका जोराले १ चौका प्रहार गरे।
नेपालविरुद्ध ओमानका अकिब इलियासले २ विकेट लिएका छन्। यस्तै, जिशान मकसूद र बिलाल खानले समान १–१ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।