काठमाडौं– आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी नखेल्ने भएका छन्। फाइनलमा आज (आइतबार) नेपालले ओमानसँग खेल्दैछ।
खुट्टामा लागेको चोटका कारण दीपेन्द्र आराम गरिरहेका छन्। विश्वकपमा छनोट हुन सेमिफाइनलमा जित्नेपर्ने दबाबका कारण दीपेन्द्र मेजर ११ मा फर्किएका थिए। तर आइतबारको खेलमा ब्याटिङका लागि ‘पर्याप्त विकल्प’ रहेको भन्दै दीपेन्द्रलाई आराम दिइएको हो।
नेपालका भरपर्दा अलराउन्डर ऐरी सिगापुरसँगको खेल अघिको अभ्यासका क्रममा घाइते भएका थिए। ओमानविरुद्धको आइतबारको खेलमा ऐरीको ठाउँमा सन्दीप जोरालाई मौका दिने प्रशिक्षक मोन्टी देशाइको तयारी छ।
युएई विरुद्धको सेमिफाइलनमा जोरालाई बेञ्चमा राखिएको थियो। उनको स्थानमा विवेक यादवलाई मौका दिँदै आइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।