काठमाडौं– भारतमा जारी आईसीसी वान डे विश्वकप क्रिकेट अन्तर्गत शनिबार जारी पाकिस्तान र न्यूजिल्याण्डबीचको खेल वर्षाका कारण रोकिएको छ।
दोस्रो इनिङ्सको २१ दशमलव ३ ओभरमा वर्षा भएपछि खेल रोकिएको हो। पाकिस्तानले वर्षा हुनुअघि एक विकेट गुमाएर १६० रन बनाएको छ।
पाकिस्तानका फकर जमानले शतकीय पारी खेलिरहेका छन्। उनले ६९ बलको सामना गर्दै १०६ रन बनाएका छन्। कप्तान बाबर आजमले भने ५१ बलको सामना गर्दै ४७ रन बनाएका छन्।
यस्तै ओपनर अब्दुल्लाह शफीकीलाई भने पाकिस्तानले ४ रनमै गुमाएको थियो। अब्दुल्लाहको विकेट विलियमसनले लिएका हुन्।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४०१ रन बनाएको थियो। न्यूजिल्याण्डका लागि रचिन रविन्द्राले १०८ र केन विलमयमसनले ९५ रनको योगदान दिएर ४०१ रनको विशाल स्कोर खडा गरेका थिए।
वर्षाका कारण खेल हुन नसकेर डीएलएस मेथडमा गएमा भने पाकिस्तानको जित हुनेछ। डीएलएस अनुसार २१ दशमलव ३ ओभरमा १५० रनको टार्गेट हुनेछ। जबकी पाकिस्तान १० रनले अगाडि रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।