काठमाडौं– भारतमा जारी आईसीसी वान डे विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो खेलमा न्यूजिल्याण्ड पाकिस्तानविरुद्ध ठूलो स्कोर खडा गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४०१ रनको योगफल तयार गरेको हो।
न्यूजिल्याण्डका लागि विशाल स्कोर बनाउन रचिन रवीन्द्रको उत्कृष्ट शतकीय पारीले सहयोग गर्यो। उनले ९४ बलको सामना गर्दै १०८ रनको पारी खेले।
यस्तै केन विलियमसनले ९५, गेलेन फिलिलप्स ४१, मार्क चपम्यान ३९, डेभिड कनभे ३५, ड्यारेल मिचहेल २९, मिचेल सान्टर्नर २६ र टम लेट्टमले २ रन बनाए।
पाकिस्तानका लागि महम्मद वासिमले ३ तथा हसन अली, इफ्तिकर हमिद र हरिस रौफले एक/एक विकेट लिए। सेमिफाइनल चरणमा जानका लागि पाकिस्तानलाई आजको खेल जित्नै पर्ने दबाब छ। तर यति ठूलो लक्ष्य पाएको र पछिल्ला खेलहरुलाई हेर्दा पाकिस्तानको जित्ने सम्भावना न्यून देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।